दफा ७१
वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न सक्ने
(१) कानून व्यवसायी राख्न नसक्ने असहाय, अशक्त, आर्थिक, सामाजिक रुपमा विपन्न व्यक्ति, नाबालक वा थुनामा रहेका व्यक्तिले माग गरेमा अदालतले वैतनिक कानून व्यवसायीको सेवा उपलब्ध गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम वैतनिक कानून व्यवसायीको सेवा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतबाट जारी भएको वैतनिक कानून व्यवसायीको नियुक्ति तथा सेवाका शर्त सम्बन्धी निर्देशिका बमोजिम हुनेछ।